धनगढी। सुदूरपश्चिममा सभामुखको निर्वाचनमा अनुपस्थित हुने २ जना सांसदले आज भोट दिने भएका छन् । सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि बिहीबार भएको निर्वाचनमा अनुपस्थित भई भोट नदिएकाले सभामुख चयनमा आवश्यक मत पुग्न सकेको थिएन्। बिहीबार नेकपा माओवादी केन्द्रका उम्मेदवार भीम बहादुर भण्डारीले २६ र नेपाली काग्रेसका उम्मेद्वार मान बहादुर रावलले २३ मत पाएका थिए।
डोटीबाट निर्वाचित नेकपा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी अनुपस्थित रहेका कारण सत्तागठबन्धनका उम्मेदवार भीम भण्डारी सभामुख हुन पाएनन। भण्डारीलाई बहुमत पुर्याउँन १ मत कम परेको थियो। सोहीकारण आज शुक्रबार ११ बजे पुनः मतदान हुनेछ। हिजो अनुपस्थित मल्ल र चौधरीले आज भने भण्डारीको पक्षमा मत दिने भएका छन् । त्योसँगै भण्डारी बहुमतसहित सभामुख बन्ने निश्चित भएको हो।नेकपा एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकका अनुसार मल्लले पनि आज मत दिने बताइएको छ।अहिले सम्म बैठक सरेको सुचना टाँस भने गरीएको छ । नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति नगरेसम्म सभामुख निर्वाचनमा सहभागी नहुने भएको छ। उन्मुक्तिका सदस्यहरू सभामा नपुग्दा ११ बजे बोलाईएको बैठक शुरू हुन सकेको छैन ।


