धनगढी।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी मोहनकुमार आचार्यको सरुवा भएको छ। नेपाल सरकार गृह मन्त्रालयले बिहीबार १७ डिआइजी र २४ एसएसपीको एकैपटक सरुवा गरेको हो । जस अनुसार १७ जना डिआइजीको सरुवा हुँदा सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।अब सुदूरपश्चिमप्रदेशको कमाण्ड समाल्न नेपाल प्रहरी प्रधान कार्यालय बिशेष ब्युरो नक्साल काठमाण्डौँबाट अशोक सिंह आउने भएका हुन् ।
उनले अबको सुदूरपश्चिम प्रदेशको कमाण्ड प्रहरी नायव महानिरीक्षक (डिआइजी) समाल्नेछन्। त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक भोलाबहादुर रावलको नेपाल प्रहरी प्रदेश महेन्द्रनगर कञ्चनपुरमा दरबन्दी थियो। उनी पनि नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्साल, काठमाण्डौँ काज सरुवा भएका छन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा कार्यरत अर्जुन चन्द ठकुरी नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल काठमाडौं काज सरुवा भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। यसैगरी, मधेस प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा जनकपुर धनुषामा कार्यरत योगबहादुर पाल नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर आउने भएका हुन्। नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीको नेतृत्व समाल्ने गरी काज सरुवा गरिएको हो।