धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पद तथा गोपनियताको सपथ लिएका छन्। सुदूरपश्चिम प्रदेशप्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले रावललाई बिहीबार सपथ ग्रहण गराएका हुन् । रावल बुधबार २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
संविधानको धारा १६८ को उपधारा २ अनुसार रावल हिजो मुख्यमन्त्रीमा नियुक्त भएका थिए।मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई सपथ सुवाएका छन्। उनले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापालाई मन्त्रीमा सपथ सुवाएका हुन्। उनीहरुको मन्त्रालय तोकिएको छैन्। रावललाई एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ती पार्टीका ७ र राप्रपाका १ संसदको समर्थन रहेको छ।
आज दिउँसो ४ बजे मुख्यमन्त्रीमा नियुक्त राजेन्द्रसिंह रावलले सपथ ग्रहण गर्ने समय निर्धारण गरिएको थियो। सुदूरपश्चिम प्रदेशको सभामुख चयनमा समर्थन गर्न ढिलाई गर्दा मुख्यमन्त्रीको सपथ ग्रहणमा ढिलाई भएको थियो।नागरिक उन्मुक्ती पार्टीले सत्तागठबन्धनमा रहेका सभामुखमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई समर्थन गरेको छ।