कैलारी। कैलाली जिल्ला कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन विहीबारबाट सुरु भएको छ। आर्थिक बर्ष २०७९/०८० सालको गाउँसभा अधिवेशन (हिउँदे अधिवेशन) गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा टिकापुर घटनालाई राजनितिक घटना, पुस अन्तिमदेखि माघ ३ गतेसम्म माघ पर्वको लागि सार्वजनिक विदा, जिल्ला समन्वय समिति कैलालीका सभापति पदम कलेलको दुखद निधन भएकोले शोक प्रस्ताव पारित गरि हिउँदे अधिवेशनको उदघाटन कार्यक्रम सम्पन्न भएको हो।
हिउँदे अधिवेशन उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, प्रमुख प्रशासकीय अधिकृृत विरबहादुर ऐर, सामाजिक विकास शाखा यगम कलेल, विभिन्न शाखाका प्रमुख, कर्मचारीहरुको सहभागिता रहेको थियो। शुक्रबारको कार्यपालिका बैठकबाट विभिन्न विषयगत समितिसँग परामर्श गर्ने, कानून सल्लाहकार, विज्ञसँग विद्येयकबारे छलफल गरी पुनः बस्ने गाउँसभा बैठकमा समितिका संयोजक विकास चौधरीले प्रस्ताव पेश गर्ने गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले बताए।
कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु
कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

