कञ्चनपुर। कैलाली र कञ्चनपुरमा अबैध रुपमा क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र सञ्चालन हुन थालेपछि प्रशासनले बन्द निर्देशन दिएको छ। प्रशासन कार्यालयहरुले सूचना नै जारी गरेर नवीकरण नगरिएका तथा कानुन बमोजिम मापदण्ड पालना नगरेका क्रसर उद्योग तत्काल बन्द गर्न क्रसर उद्योगीहरूलाई निर्देशन दिएको हो। गृह मन्त्रालयको निर्देशन पश्चात् जिल्ला अनुगमन समितिले अनुगमन गरेर अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो ।
कञ्चनपुरमा अवैध रूपमा सञ्चालनमा रहेका २ वटा क्रसर उद्योग बन्द गरिएको छ। भने कैलालीका ४ वटा अबैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई सञ्चालनमा रोक लगाइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित अनुगमन टोलीले कैलालीका १६ वटा क्रसर उद्योगको अनुगमन गरिरहेको छ।जस अनुसार अबैध रुपमा सञ्चालनमा रहेका कैलालीका ४ वटा अबैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्रलाई सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले अहिले पनी अनुगमनकै क्रममा रहेको बताए। कैलालीको धनगढी र गोदावरी नगरपालिकाभित्र सञ्चालित चारवटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिबन्ध लगाएको छ।
जस अनुसार कैलालीको गोदावरीमा श्रीपुर बिल्डर्स प्राली मार्फत संचालित कालिका कन्स्ट्रक्सन(अनुमती नलिई सञ्चालित रहेको), धनगढी उपमहानगरपालिका–११ मा रहेको उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स क्रसर तथा बालुवा प्रशोधन उद्योग (दर्ता नभेटिएको र भ्याटमा दर्ता नभई बिल बिजक जारी गरी कारोबार गरेको) । बेहडावाना बालुवा प्रशोधन उद्योगले बालुवा प्रशोधन सम्बन्धि अनुमती लिएपनी (मापदण्ड बिपरित क्रसर समेत सञ्चालन गरेको) र कैलालीको गोदावरीमा रहेको शिवशक्ति बालुवा प्रशोधन केन्द्रले ( बिना अनुमती गिट्टी उत्पादन कार्य) गरेको भन्दै रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी जोशीले जानकारी दिए । उनले हाललाई यी ४ ओटा क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा रोक लगाइएका बताए। उनले सच्चिनका लागी पत्रसहित काटेर दिइसकिएको र पुनः एक पटक अनुगमन गरेर त्यस्तै सञ्चालित भएको खण्डमा बन्द गरिने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।
इजाजत प्राप्त भएका क्रसर उद्योगहरूले पनि सञ्चालन सम्बन्धी सम्पूर्ण प्रमाणपत्र-कागजातहरूको सक्कल र छाँयाप्रतिहरु तयारी अवस्थामा राख्न र उद्योग स्थलमै अनुगमन समितिलाई पेस गर्न प्रशासनलेआग्रह गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी सूचनामा उल्लेख गरिएको उनको भनाई छ । यस्तै उता सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार कृष्णपुर नगरपालिका ५ मा रहेको महरा निर्माण सेवा र सोही नगरपालिकामा रहेको कैलपाल कंक्रिट उद्योगले सञ्चालन गरेको क्रसर उद्योग बन्द गरिएको बताए। उनका अनुसार महरा निर्माण सेवाले (अनुमति नलिई क्रसर सञ्चालन गरेको) र कैलपालले (नवीकरण नगरेको) पाइएको हो । ‘एउटाले अनुमति देखाउन सकेन, अर्कोले नवीकरण गरेको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारीले भने, ‘अनुगमन टोलीले तत्काल बन्द गराएको हो ।’ गृहले दर्ता नभई सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गराउन भनेर निर्देशन दिएको छ। जिल्लामा रहेका अन्य क्रसर उद्योगको अनुगमनका लागि पनि जिल्ला समन्वय समिति उपप्रमुख रामकुमारी रानाको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वको अनुगमन समितिले उपप्रमुखको संयोजकत्वमा अनुगमन उपसमिति गठन गरेको छ । समितिका प्राविधिकसँगै जिल्ला प्रशासनका कर्मचारीसमेत छन् । कञ्चनपुरमा हाल ५ वटा क्रसर उद्योग सञ्चालनमा छन् । उक्त उद्योगहरूको अनुगमन गरेर उपसमितिले ७ दिनभित्र प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ । यस्तै यता जिल्ला प्रशासन कार्यालय कैलालीले पनी जिल्लामा अवैध रूपमा सञ्चालित ४ वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।