धनगढी। नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा भीम भण्डारीलाई उम्मेदवार बनाएको छ। उनले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् । भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर छन्। उनी बझाङ प्रदेश क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ। नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ। सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने बताइएको छ ।