अत्तरिया। कैलालीको अत्तरियामा भोलीदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव लाग्ने भएको छ। आयोजक उद्योग बाणीज्य संघ अत्तरियाले आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको भोलि दिँउसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन्।
साँतौ सँस्करणको महोत्सवको तयारी गरीरहेको आयोजक उद्योग वाँणीज्य संघले यस पटक महोत्सवमा १५० ओटा स्टल रहने बताएको छ । यस्का साथै बाल उधान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सबमा रहने छन । यस्तै लामितालमा पर्यटन प्रबर्द्धनको लागी डुँगाको ब्यबस्था पनि गरिएको छ। महोत्सबमा बिधार्थीको लागी ५० र सर्बसाधारणको लागी ८० रुपैयाँ टिकट कायम गरिएको छ। सातौँ संस्करणको महोत्सबले यस क्षेत्रको पर्यटनमा बिकास पुग्ने आयोजकले विश्वास लिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग वाँणीज्य संघका सँस्थापक अध्यक्ष बसन्त रोकायाले महोत्सव सम्पन्न सहयोग गर्न सम्पुर्णलाई आग्रह गरे ।अत्तरिया उद्योग वाँणीज्य संघका अध्यक्ष एवम् महोत्सवका संयोजक अशोकराज देवकोटाले महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती, लामीतालमा डुंगाको व्यवस्था,बाल उधान, खानाका विभीन्न परिकारहरु, विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको बताए ।