धनगढी। युवा ध्वनी बोर्ड र लैङ्गगिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धि अन्तर्किया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ। आईतबार धनगढीमा युरोपियन युनियन युवा ध्वनि बोर्डको आयोजना तथा अमेरिकन कर्नर धनगढीको सहकार्यमा युवाहरु सङ्ग युवा ध्वनी बोर्डको बारेमा अभिमुखिकरण र सुदुरपश्चिम प्रदेशमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणका विविध पाटाहरुको बारेमा सामुहिक छलफल , प्रस्तुतिकरण र बिचार आदानप्रदानद्वारा अन्तर्किया गरिएको हो।
युवा ध्वनी बोर्डका सदस्य प्रविन चन्दले अन्तर्कियाको सहजिकरण एवम प्रस्तुतिकरण गरेका थिए ।बिभिन्न क्षेत्रका १५ जना युवाहरुको सक्रिय सहभागिता रहेको उनले जानकारी दिएका छन् । कार्यक्रमका सहभागी मानसिङ बिस्टले आफू युवा ध्वनि बोर्डको कार्यक्रममा प्रथम पटक सहभागी भएकोले युवा ध्वनि बोर्डको बारेमा थप जान्ने मौका पाएको बताए। साथै उनले यस्तो किसीमको कार्यले युवाहरुको आवाजलाई प्रतिनिधित्व गर्ने बताएका छन् । उनले युवाहरुले बिभिन्न क्षेत्रमा अग्रसर भई समाज, बिभिन्न निकाय तथा देशमा अग्रसरता लिई अगाडी बढ्ने बिश्वास समेत ब्यक्त गरेका छन्।
यस्तै कार्यक्रममा सक्रिय युवा अभियन्ता बिरेन्द्र बिस्टले यो कार्यक्रम राम्रो भएको र यसलाइ आधार मानी आगामी दिनमा अझै सशक्त भएर लाग्नुपर्ने र त्यसमा सबैको हातेमालोको आवश्यक पर्ने बताए । जबसम्म युवाहरु सहकार्य साथ र हातेमालो आवश्यक रहने भएकाले यसबाट थप उर्जा मिल्ने समेत बताए । कार्यक्रमा कैलाली उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोमा अधिकारिले युवा ध्वनी बोर्ड र अमेरिकन कर्नरलाई युवाहरु बिच सामाजिक विषयवस्तुको अनुभव आदानप्रदान गर्ने अवसरका साथै सुदुरपश्चिमका युवामा थप सम्भावना पनि देखिएको भन्दै खुसी व्यक्त गरिन्। उनले युवाहरु थप शसक्त भएर अगाडी बढ्न सुझाब समेत दिएकी छिन् । कार्यक्रमको औपचारिक रुपमा समापन अमेरिकन कर्नर धनगढीका संयोजक गिता जोशिले गर्दै अमेरिक कर्नर युवा , विद्यार्थी लाई अध्ययन अनुसन्धान तथा यो स्पेशलाई प्रयोग गर्न आग्रह गर्दै कार्यक्रममा सहकार्य गर्ने सुअवसर दिएकोमा युरोपियन युनियन युवा ध्वनी बोर्डलाइ धन्यवाद ज्ञापन गरेकी थिइन् ।