अछाम। अछाममा एक जना युवा मृत अवस्थामा फेला परेका छन्। अछामस्थित कर्णाली नदीमा कालिकोटको नरहरिनाथ गाउँपालिका – १ का ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका अछाम प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार विष्ट शनिबार मृत फेला परेका थिए। उनी पञ्चलदेवल विनायक नगरपालिका वडा नम्बर ९ चिल्ताडास्थित कर्णाली नदीमा मृत भेटिएको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।