अछाम। अछाममा लागूऔषध चरेशसहित दुई जना भेडापालक किसान पक्राउ परेका छन्। शुक्रबार अछामको इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी नायव निरीक्षक दिलिप सिँह बिसीको कमाण्डमा खटिएको टोलीले साँफेबगर नगरपालिका–३ टोटासालबाट ६० वर्षीय लाक्पा थापा र ३५ वर्षीया धम्ब चेतोलाई चरेशसहित पक्राउ गरेको हो।
थापाको साथबाट ८ सय ३८ ग्राम र धम्ब चेतोबाट १ सय ७८ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेकाहरु बाजुराको बुढीनन्दा नगरपालिका–१० पाण्डुसेन घर भई टोटासालमा भेडाबाख्रा पालन गर्दै आइरहेका थिए।दुवैजनालाई नियन्त्रणमा लिई थप अनसुन्धान भइरहेको प्रहरीले बताएको छ।