दार्चुला– दार्चुलामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना हुँदा चालक लोकेन्द्र सिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।शुक्रबार राति ११ः३० बजे म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर सडकदेखि १०० मिटर तल खसेकोे प्रहरीले बताएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।