धनगढी। कैलालीको धनगढीबाट लागुऔषध चरेशसहित २ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-९ भैशीघाट स्थित सीमा क्षेत्रमा नेपालबाट भारततर्फ जादै गरेको अवस्थामा लागुऔषध चरेशसहित २६ वर्षीय अरुण चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका ८ घर भएका चौधरीले चलाएको म १ प ६८४४ नम्बरको मोटरसाइकल चेकजाँच उनको साथमा ७ ग्राम ६८० मिलिग्रम चरेश बरामद गरिएको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। मोटरसाइकलमा सवार अर्का २३ वर्षीय डेविट चौधरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


