कञ्चनपुर। कन्चनपुरमा दुई वर्षीय बालकको पानीकोमा डुबेर मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया बस्ने जितेन्द्र रानाको दुई वर्षीय छोरा प्रवास रानाको पानी खाडलमा डुबेर मंलबार मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिककै पानीको खाडलमा डुबेर दुई वर्षीय बालकको दिउँसो मृत्यु भएको आफन्तले बताएका छन। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।