धनगढी : कैलाली प्रहरीलाई महिनावारी रकम बुझाएर खुलेयाम भारतबाट अबैध तस्करी गर्ने गरेको आरोप सहित २० जनाको नाम लिस्ट राखेर पत्रकार महासंघ कैलालीमा उजुरी परेको छ । सामाजिक अभियन्ता नामबाट हुलाक मार्फत पठाइएको निवेदनमा जिल्लाको पुर्वी क्षेत्रमा तस्करी गर्ने र प्रहरीलाई महिनावारी रकम बुझाउने गरेको आरोप सहित नाम समेत तोकिएको छ ।
सोमबार पत्रकार महासंघ कैलालीमा सो निवेदन हुलाक मार्फत पुगेको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । पठाउनेमा सामाजिक अभियन्ताको नाम उल्लेख गरिएको उनले बताए । पत्रकार महासंघ कैलालीलाई दिएको निवेदनमा यस्तो भनिएको छ ।
महोदय, हाल आएर कैलाली जिल्लामा तस्करहरुको अखडा बनेको छ । निज तस्करलाई प्रहरीका घुमुवाहरुले संरक्षण दिएको हुनाले कैलालीका सम्पुर्ण नाकाहरुबाट बिभिन्न चोरी तस्करीका समानहरु भित्र्याउनमा प्रहरी नायब निरिक्षक सुनिल चन्द र नन्दराज भट्टले कैलालीका सबै नाकाबाट अशुली धन्दा शुरु गरी कार्यालय प्रमुखहरुलाई पनि कुनै जानकारी नदिई गुमराहमा राखेको र निजमाथी छानबिनगरी आवश्यक कावाृही होस भनी यो पत्र पेश गरेका छौँ ।
चिनिका नाइकेहरुलाई आवश्यक कार्वाही गरियोस, छानबिन गर्दा पुलिस प्रशासनबाट नभई अन्य जनमानसबाट छानबिन होस, हाल आएर प्रत्येक ठाउँबाट पैँसा उठाउने गरेको र निज दुई जनामाथी छानबिन होस भनी यो पत्र पेश गरेका छौँ ।
टिकापुर
रतन खत्री २०,०००
दिपक साउँद १५,०००
चिन बहादूर अधिकारी १८,०००
कमल साउँद काम छोडेको
कनक शाही काम छोडेको
भजनी
लोक बहादूर साउँद ३०,०००
सुरेश हमाल ७०,०००
हरि जोशी २०,०००
नन्दु बिक १५,०००
राज कुमार ५,०००
सन्चलाल चौधरी ५,०००
सनु ५,०००
कट्टा ५,०००
हसुलिया र फुलवारी
ओम प्रकाश १५,०००
गोबरैला ५,०००
रामपुर १०,०००
रोशन चौधरी १५,०००
भागीराम चौधरी १०,०००
सागर चौधरी ५,०००
रामचन्द्र चौधरी १०,०००
भारतिय मुद्राको कारोवारी, सुन तस्कर, काठ तस्कर, लागु औषध तसकरहरुसंग समेत निज दुवै जना संलग्न भएकोले निजहरुमाथी आवश्यक कार्वाही गरियोस । आजको दिनदेखी कैलालीको सबै ठाउँमा घुमुवा हो, भोलीको ८ बर्षे एकाउन्टेन्ट हो, मलाई को ले के गर्छ, भन्ने गरेको र आफ्नो गल्ती कमी कमजोरीलाई ढाकछोप गर्नका लागी सम्पुर्ण टोलीलाई डराई, धम्क्याई सिबिल टोलीबाट हटाएको हुनाले निज दुवै जनामाथी छानबिन होस,
यो पत्रकार महासंघ कैलालीमा आएको निवेदनमा उल्लेख गरिएको लिस्ट हो ।
तसकरी गरेर महिनावारी प्रहरीलाई रकम बुझाउने गरेको पत्र पत्रकार महासंघ कैलालीमै पुगेपछि महासंघले गम्भिरता पुर्वक लिएको महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । महासंघले पत्र आइसकेपछि निश्पक्ष छानबिन गरी दोषी उपर कार्वाही हुनुपर्ने माग राखेको छ । प्रहरीलाइनै आरोप लागिसकेपछि वास्तविकता आउनुपर्ने अध्यक्ष जोशीले बताए ।
यस बिषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले यस बिषयमा छलफलका लागी अहिले बैठक बस्ने तयारी गरेको बताए । कोही अशन्तुस्ट पक्षले भ्रम फैलाउन यस्तो गरेको हुन सक्ने बताउँदै प्रहरी नायब उपरिक्षक जोशीले वास्तविकता बाहिर ल्याउने दावी गरे ।
पत्रकार महासंघमा आएको उजुरीलाई गम्भिरताका साथ लिएर अनुसन्धान गर्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्र बहादूर पालले आवश्यक अनुसन्धान गर्ने बताए । उनले भने “यसको गहिराइमा हामी जान्छौँ सम्बन्धित ब्यक्तीहरुलाई सोधपुछ गर्छौँ र अनुसन्धानबाट दोशी ठहरिए कार्वाही गर्नेछौँ ।”