कैलाली। कैलालीमा नदीजन्य पदार्थ संकलनमा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिका कार्यालय घेराउ गरिएको छ। कैलालीको गोदावरी नगरपालिकाले नदी जन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिका कार्यालय घेराउ गरिएको जनाइएको छ।
नेकपा एमाले गोदावरी नगर कमिटीले नदीजन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै कारवाहीको माग गर्दै नगरपालिका घेराउ गरेको हो। नगरकमिटी अध्यक्ष गोकण भट्टको नेतृत्वमा गएको टोलीले नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै विरोध जनाएको थियो।
विरोध प्रदर्शनका क्रममा उनीहरुले ‘खुटिया काण्ड बन्द गर, ‘भ्रष्टाचार छानबिन गर’, ’अनियमितता बन्द गर’, ’राजस्व चुहावट गर्न पाइदैन’ लगाएतका नारा लगाएका थिए। नगर कमिटी अध्यक्ष भट्टले जनतालाई झुक्याएर जनतालाई छक्याएर दारु मासु खुवाएर चुनाव जितेकाहरुको काला कर्तुतहरुको भण्डाफोर गर्न गर्न आफूहरुले नगरपालिका कार्यालय घेराउ गरेको बताए ।
प्रदर्शनमा सहभागीहरुले खुटियामा करोडौको भष्टाचार गरेको कुरा व्यवहारबाट प्रमाणित भएको बताउँदै आन्दोलन जारी रहने बताएका छन् । गोदावरी नगरपालीकाले क्रेसरहरु संग मिलेर साधा कागजमा छाप लगाएको र जबसम्म भ्रष्टाचारी अनियमितता गर्नेमाथि अख्तियारका कारवाही गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने उनीहरुले बताएका छन्। उनीहरुले आफूहरुले अख्तियारमा पनि उजुरी हालिसकेको बताए ।
नगरप्रमुख, प्रशासकीय अधिकृत तथा सो प्रशासन माथि कारवाही हुनुपर्ने माग गरेका छन्। गोदावरी नगरपालिकाले पुष ५ गते देखि आफै नदिजन्य पदार्थको रोयल्टी संकलन गर्दै आइरहको छ। सो क्रममा नगरपालिकाले नदीजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनलाई सेतो चिट दिएको विषयका कारण उक्त प्रकृया विवादीत बनेको छ। आईबार राती देखि स्थानियले रसिद दिन छाडेर नगरपालिकाले सेतो चिट दिएर भ्रष्ट्राचार गर्न खोजेको भन्दै आरोप लगाएका छन । सोको बिरोधमा उनीहरुले गोदावरी नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।