धनगढी। धनगढी १५ मा शिवभोले ग्रामीण विधुत सहकारी संस्थाको साधारण सभा तथा पाँचौ अधिबेशन उद्घाटन गरिएको छ। धनगढी उपमहानगरपालीका १५ उर्मामा रहेको शिवभोले ग्रामीण विधुत सहकारी सस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन उद्द्घाट्न प्रदेश सभा सदस्य रमेश धामीले गरेका हुन्।
एक कार्यक्रमका बिच प्रदेश सभा सदस्य धामीले पानसमा बत्तिबालेर साधारण सभा तथा अधिबेशन उद्घाटन गरेको नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटी सचिब रमेश प्रसाद भट्टराईले जानकारी दिए। कार्यक्रममा बोल्दै सो ग्रामीण विधुत सहकारी सस्थाले वर्तमान समयमा निकै महत्वपुर्ण काम गरेको बताउँदै आगामी दिनमा संस्थाको प्रगतीको कामना गरेका छन्। उनले विद्युत अति नै आवश्यक रहेको र वर्तमान समयमा विद्युत एकदमै आवश्यक भएकोले प्रदेश सरकारबाट हुने सहयोग संस्थालाई गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। कार्यक्रममा सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समिति अध्यक्ष निर्मल शाह तथा जनप्रतिनिधी,संस्था कर्मचारीलगायत स्थानियको सहभागिता रहेको थियो।