कैलाली। सुदूरपश्चिम प्रदेश सभामा सर्वदलीय बैठक बसेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा सभामुख र उपसभामुख निर्वाचनबारे छलफल भएको हो। बैठकले आगामी २ गते सभामुखको निर्वाचन हुने निर्णय गरेको छ। आज बसेको सर्वदलीय बैठकले आगामी २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए।
ज्येष्ठ प्रदेश सभा सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिममा सभामुख २ गते हुने र उपसभामुखको त्यसपछि हुने उनले जानकारी दिए। उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे अझै सहमति हुन सकेको छैन। भोली प्रदेश सभाको पहिलो बैठक बस्दै छ। पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखको निर्वाचन कहिले गर्ने भन्ने बारे अझै सहमति हुन सकेको छैन।