कैलाली। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ बाटेगढामा विधुत पुगेको छ। विधुत नहुँदा अन्धकारमा बस्न बाध्य भएका सो क्षेत्रका स्थानिय पहिलो पटक बिद्युत पुग्दा खुशी भएका छन्। उक्त क्षेत्रका नागरिक बत्तिकालागि सोलारको प्रयोग गर्दै आएपनी महँगो खर्चका कारण सबैको प्रर्याप्तता र सहज भने थिएन्। शनिबार गाउँघरमै विद्युत विस्तार गरिएको छ।
नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख सूर्य नारायण मण्डलले ५५ घरधुरी रहेको बाटेगढामा एक करोड ६० लाखको लागतमा बिजुली बत्ति बालिएको बताए। दुई वर्षभित्र कैलालीका सबै बस्तीमा विद्युतिकरण गर्ने लक्ष्य प्राधिकरणको रहेको उनले बताएका छन्। एक करोड ५६ लाखको लागतमा ओम बीरभद्र कन्स्ट्रक्सन र अमित कन्स्ट्रस्कनले सो वडाभरी विद्युतिकरण गर्ने ठेक्का पाएको छ। उनका अनुसार बाटेगढामा विस्तारित विद्युतीकरण अन्तर्गत १२ औं ट्रान्सफर्मर हो। चुरे गाउँपालिका अन्तरगत पर्ने चुरे फेदीको गाउँ बालुवागडमा २०७६ सालमा विद्युतिकरण गरिएको थियो। यस्तै गाउँपालिकाले जागती, गर्भा दरबारमा विद्युत् लाइन विस्तार गर्ने योजना प्राधिकरणको छ।
शनिवार चुरे गाउँपालिकाको सो बस्तीमा विद्युत प्रशारण लाईनको गाउँपालिका अध्यक्ष चक्र बोगटीले समुदघाटन गरेका थिए। सो अवसरमा बोल्दै अध्यक्ष बोगटीले हरेक टोल र बस्तीमा विद्युतको पहुँच गराउने गरि गाउँपालिकाले काम गरिरहेको बताए। उनले अहिले पनि यो गाउँपालिकाका केही वस्तीहरु अन्धकारमा रहेका र हरेक बस्तीमा उज्यालोमय बनाउने गरि काम गरिरहेको उनले जानकारी दिए। वडा नम्बर ४ बाटेगढाकी निशा राना मगरले अन्धकारमा बस्ने बाध्यता हटेको बताइन्। उनले आर्थिक समस्याकाकारण कतीपयले सोलार खरिद गर्न नसक्ने र खरिद गरेकाले पनी हिउँदमा घाम नलाग्ने र सोलारको पावरले काम नगर्दा अन्धकार हुने समस्या रहेको बताइन् । उनले अब गाउँघरमा सो समस्या हटेको बताईन्। अब मोबाईल, रेडियो र घरको बत्तीचार्जदेखि टिभीपनि हेर्न पाउने भएको बताइन्। यस्तै स्थानिय खडक तारामी मगरले विद्युत विस्तार भएसंगै घर-घरमा उज्यालोको सहज भएको र विद्यार्थीलाई अध्ययन अध्यापनमा सहज भएको उनले भनेका छन्।