धनगढी। रक संगीतमा संघर्षरत गायक धनगढीका चेतन शाही ठकुरीको खोई बोलको गीत सार्वजनिक भएको छ। अंग्रेजी नयाँ बर्ष २०२३ को अवसर पारेर रक म्युजिकमा स्ट्रगलिङ आरटिष्ट चेतनको नयाँ गीत सार्वजनिक गरिएको हो ।
चेतनको रचना संगीत र स्वर रहेको रक शैलीको गीतको म्युजिक भिडियोलाई सिएसटी भोकल्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
गायक चेतनकै बुबा गोपाल शाही र बिष्ना शाहीले निर्माण गरेको म्युजिक भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका छन्। गीतको म्युजिक भिडियो पुरै आफ्नै सेट लगाएर छायाँकन गरिएको छ। ब्रोकन एग्स स्टुडियोले अडियो भिडियो निर्माण गरेको हो। गीतमा बरिष्ठ गितारिष्ट मानवहादुर श्रेष्ठले गीतार, जेसन अवालेले ड्रममा साथ दिएका छन्। प्रदीप वडु व्यवस्थापक रहेको गीतको मिडिया संयोजक दिनेश भण्डारी रहेका छन्। युवा माझ निकै लोकप्रिय रहेको रक शैलीको खोई बोलको गीत स्रोता र दर्शकले रुचाउनेमा गायक चेतन शाही ठकुरी आशावादी रहेका छन्। उनले यसअघि पनि आधा दर्शन बढी गीतहरु बजारमा ल्याईसकेका छन् भने उनका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन्। गीतको लिंकः