धनगढी। सुदूरपश्चिममा माओवादी दलको नेता चयनकालागी शनिबारको बैठकमा कुनै सहमती जुटेन । शनिबार दिउँसो २ बजे देखी संसदीय दलको कार्यालयमा बसेको बैठक साँझ ६ बजेसम्म निष्कर्षविहीन बन्दा आज आईतबार बिहान ९ बजे पुन बैठक बोलाएको छ। बिहान ९ बजे प्रदेशसभा भवनस्थित दलको कार्यालयमा नेता छान्न संसदीय दलको बैठक बोलाईएको हो।
आज संसदीय दलको नेता छनोट गर्न निर्णायक अन्तिम बैठक बोलाएको नेकपा माओवादी केन्द्रले जनाएको छ । बिहान बैठक बस्ने तयारी भएको नेताका दावेदार, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य ओमविक्रम भाट (सरल) ले जानकारी दिए। आज सहमतिको अन्तिम प्रयास गरिने उनको भनाइ छ। यहाँ दलको नेताका लागि भाट र स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट दावेदार छन्। संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका भट्ट र भाटबीच सहमती नजुटेपछि कुनै निर्णय हुन नसकेको हो।
शनिबार करीब ३ घण्टासम्म चलेको बैठकमा दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठक अनिर्णीत बनेको थियो। सांसदहरुले आपसमा सहमती गर्न दुवै जनालाई वान टु वान वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समयसम्म पनि उनीहरुबीच सहमती जुट्न सकेन। शनिबार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई नै दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो।
तर संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको बताइएको छ। जसकारण माओवादी दलको नेताकालागी भट्ट र भाट बिच रस्साकस्सी हुने भएको छ ।शनिबार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरियताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो। तर संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको एक सांसदले जनाए। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ सांसद छन्।