धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ। आज (शनिवार) दिउँसो साढे ४ बजे शुरु भएको संसदीय दलको बैठक अहिलेसम्म पनि जारी रहँदा दलको नेता छनोटमा ढिलाई भएको हो। संसदीय दलको नेता छनोटमा सहमति जुटाउने प्रयायस भैहरैको जनाइएको छ।
अहिले माओवादीमा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्ट र केन्द्रीय सदस्य ओमविक्रम भाट (सरल) ले दलको नेतामा दाबी गरिरहेका छन्। सरलले सर्वसम्मत नेता चयन नहुने संकेत गर्दै निर्वाचनको अड्डी कसिरहेको बताइएको छ। अहिले पनि उनीहरूबीच सहमति जुट्न सकेको छैन। सहमतिको प्रयास भइरहेको जनाइएको छ। सुदूरपश्चिम प्रदेशमा माओवादीका ११ जना सांसद छन्।