कञ्चनपुर। कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको संयुक्त प्रहरी टोलीले लागु पदार्थ (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको हो।
प्रहरी टोलिले कञ्चनपुर लालझाडी गाउँपालीका वडा नम्बर ५ जाई स्थित पैदल हिन्दै गरेका लालाझाडी वडा न २ का २४ वर्षीय मनोज भनिने सुर्य नाथलाई पक्राउ गरेको हो। नाथलाई शंका लागी चेकजाँच गर्दा जाकेटको खल्तिभित्र कालो प्लाष्टिकमा लुकाई छिपाई गरीराखेको अवस्थामा १ दशमलव २ ग्राम लागुऔष खैरो हेरोईन बरामद गरिएको हो। यस्तै सोही प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ का २५ वर्षीय सुरज रानालाई लागुऔष खैरो हेरोईनसहित पक्राउ गरेको हो।
हिजो साँझ ६ बजे कञ्चनपुर शुक्लाफाँटा नगरपालीका १ खल्ला स्थित पैदल हिन्दै गरेका उनलाई २ दशमलव ७७ ग्राम लागुऔषध (खैरो हिरोइन) सहित पक्राउ गरीएको हो। रानाले लगाएको जुत्ताको मोजा भित्र सेतो पलाष्टिकमा लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त लागुऔषध खैरो हिरोइन भेटिएको कञ्चनपुर प्रहरीले बताएको छ ।मनोज र सुरज दुबै जनालाई नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।