धनगढी। एमाले सुदुरपश्चिम संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्। पार्टीका सुदुरपश्चिम इन्चार्ज लेखराज भट्टको निवासमा आज बसेको संसदीय दलको बैठकले रावललाई एमाले संसदीय दलको नेतामा चयन गरिएको हो।
रावल कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्। उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्।यस्तै नेकपा एमाले सुदुरपश्चिम प्रदेशसभाको उप नेतामा सन्तोष सर्मा थापा चयन भएकी छिन् । सुदूरपश्चिममा एमालेका १० सांसद छन्। गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले हिजो मात्रै सपथ लिएका छन् ।