कञ्चनपुर। कञ्चनपुरको बेलालीमा हतियारसहित आएका तीन जना भारतीय लुटेरा पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ वैशाखी गाउँबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका प्रहरीले जनाएको छ । तीन जना भारतीय हतियारधारी लुटेरा प्रहरी र स्थानीयको सक्रियतामा पक्राउ परेका हुन्।
मध्यरातमा लुटेराहरूको सो समूह नेपाल प्रवेश गरेको थियो । हतियारसहित लुटपाट गर्न नेपाल आएका उनीहरुको मध्यरातमा प्रहरी र स्थानीयसँग जम्काभेट भएको थियो । पुसे १५ मनाइरहेका बेला स्थानीय र प्रहरीसँग भेट भएपछि उनीहरु तितरबितर भएका थिए । सोहि क्रममा सबै एक घर भित्र लुकेको अवस्थामा प्रहरीले एक जना लुटेरालाई पक्राउ गर्यो । ती लुटेराबाट प्रहरीले एक पेस्तोल र आठ राउन्ड गोलीसमेत बरामद गरिएको छ। पक्राउ परेका लुटेराले आफ्ना केही साथी नजिकैको उखुबारीमा लुकेको प्रहरीलाई बयान दिएका थिए।
थप अनुसन्धानका केरकार गर्दा सोही व्यक्तिको बयानका आधारमा प्रहरी र स्थानीयको सक्रियता थप दुई जना पक्राउ परेका हुन्। सोही बयानको आधारमा प्रहरी र स्थानीय करिब ७ घण्टा उखुबारीमा सर्च गरे । गाउँमा लुटपाटका लागि आएका लुटेराहरुलाई स्थानीयले पनी घेराबन्दी गरेका थिए। सबै भन्दा पहिले पक्राउ गरेका लुटेराले उखुबारीको बारेमा बताएपछि केही बेरमै सयौँ युवाहरू उखुबारी घेरा हाल्न पुगेका थिए। नजिकै नेपाल भारत सीमा नाका भएपनि युवाहरूले घेरा हालेका कारण उनीहरु भारत जान सकेका थिएनन्। केही दिनदेखि श्रृंखालवद्ध रुपमा भइरहेको चोरीका कारण स्थानीय त्रसित भएका थिए ।राति १ः३० बजे देखी नजिकैको उखुबारीमा खोजतलास गर्दा बिहान करिब ७ः३० बजे थप २ जना लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीमा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन्।नेपाल प्रेस