कञ्चनपुर। कञ्चनपुरको पुनर्वासमा कार्यालय सहयोगीलाई ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं ६ टाउन बजारमा भे.१त. ३२४३ नम्बरको ट्याक्टरले पौष १३ गते बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
मोटरसाइकल दुर्घटनामा ३० वर्षीय दिपकबहादुर श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ। टाउनबजार नजिकै मुख्य सडक किनारामा रोकी राखेको ट्याक्टर सहितको ट्रालीमा ठोक्किएर मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। ट्याक्टर पुनर्वास नगरपालिका-७ का २९ वर्षीय विजय सिंह रानाले चलाएको ट्याक्टर, उनलाई प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
बुधबार साँझ नै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले दुर्घटनामा संलग्न ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई बिहिबार पिडित समक्ष सार्वजनिक गरेको हो। मोटरसाइकल दुर्घटनापछि ट्याक्टर घटनास्थलबाट पुनर्वास नगरपालिका ७ पराशनमा लुकाएको र प्रहरीको अनुसन्धान पछि नियन्त्रणमा लिएको प्रहरीबाट बुझिएको छ ।नियम विपरीत ट्याक्टर सडक किनारामा राख्ने र दुई भन्दा बढि ट्राली जोडेका कारण पनि वर्षेनी ट्याक्टरका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको स्थानीयहरुको भनाई छ। आगामी दिनमा यस्ता घटनाहरुलाई रोक्नकालागि प्रहरीले सवारी धनी तथा चालकहरुलाई नियमन गराउनुपर्ने स्थानियले बताएका छन्।