धनगढी। सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन पुष १८ गते आह्वान गरिएको छ। सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै पुष १८ गते प्रदेश सभा बैठक आह्वान गरेको हो ।
प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभाको अधिवेशन १८ गते सोमवार दिनको १ बजे देखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ ।प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन् ।