काठमाडौं। कञ्चनपुर भिमदत्त नगरपालिका-६ घर भई काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वर बस्ने एक व्यक्ति पक्राउ परेका छन् । साइप्रस पठाईदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ३० वर्षीय विनोद लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लुहारले १ लाख ५० हजार रुपैयाँ मासिक तलब हुने गरी वर्किङ भिषामा साईप्रसको प्रतिष्ठित होटलमा काम लगाइ दिन्छु भन्दै पीडितबाट उक्त रुपैयाँ लिई ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाईएको छ ।यस्तो छ प्रहरी बिवरण घटना विवरण :
जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९ पुरानो बानेश्वर बस्ने वर्ष ३० को विनोद लुहारले शौरभ नेपाललाई वर्किङ भिषामा साईप्रस जानको लागि रु. १५,००,०००/- ( अक्षेरुपी पन्ध्र लाख रुपैयाँ ) लाग्छ, साईप्रस पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु मासिक रु. १,५०,०००/- तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ६,००,०००/- (अक्षरुपी छ लाख रुपैयाँ मात्र) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको टोलीले निज विनोद लुहारको खोजतलास गर्ने क्रममा मिति २०७९।०९।१३ गते दिउँसो अं. १४:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १० नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको ।
निम्न:
नाम थर : विनोद लुहार
उमेर : ३० वर्ष
वतन : जिल्ला कञ्चनपुर भिमदत्त न.पा. वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ९
पुरानो बानेश्वर ।