धनगढी। धनगढीको नाष्ट माध्यमिक बिद्यालयका विद्यार्थीहरुले धनगढी ३ को गौसालालाई आवश्यक खाद्यान्न तथा नगद सहयोग गरेका छन्। धनगढी ४ उत्तर बेहडीस्थीत नाष्ट माध्यमिक बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च बचाएर गौसाला रहेका गाईबस्तुको आहाराकालागि १६ हजार बराबरको चोकर चारा तथा नगद सहयोग गरेका हुन्।
गौसाला परिसरमा आयोजित खाद्यान्न तथा नगद सहयोग कार्यक्रममा ३५ जना बिद्यार्थी, प्रार्चायसहित ३ जना शिक्षकहरुले गौ सेवा समितीका पादाधिकारीलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्। बिद्यालयका प्राचार्य उपेन्द्र बहादुर बमको नेतृत्वमा उपप्रध्यापक प्राथना भट्ट, प्राविधिक कर्मचारी दीर्घराज पाध्याय तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सामाजिकीकरण कार्यक्रम अन्तरगत १० हजार बराबरको आवश्यक खाद्यान्न,चोकर, चारा तथा घाइते अशक्त गौमाताकालागि औषधी उपचारलागि नगद ६ रकम सहयोग गरिएको प्राचार्य उपेन्द्र बहादुर बमले बताए।कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको एक दिनको खाजा खर्च बचाएर चिसो मौसममा आहार अपुग हुने हुँदा र बिभिन्न कारणले अशक्त र अपाङ्गता भएका पशुचौपायाको उपचारका लागी सहयोग गरिएको उनले भनेका छन् । यस्तै बिद्याथीहरुले पनी एक दिनको खर्च कटाएर सहयोग गर्न पाउँदा निकै खुसी महसुस भएको बताएका थिए । सहयोग स्वरूप प्रदान गरी नाष्टलाई आवाजविहीनताको आवाजकारूपमा प्रस्तुत गर्ने एउटा उदाहरणीय एवम् अनुकरणीय कार्य सम्पन्न गरेकोमा बिद्यार्थी तथा सहयोगीहातहरुलाई बिद्यालयका प्राचार्य बमले धन्यवाद दिएका छन्। नाष्ट माध्यमिक बिद्यालय परिवार बिगतदेखी बिभिन्न सामाजिक कृयाकलापमा सहयोग गर्दै आएकोमा आज यसरी सहयोग गर्दा गौरवान्बीत भएको महसुस गरे। यस्तै गौसालाका रिता जोशी अवस्थी र गौसालाका युवा अभियानता यस्पाल अबस्थिले गोसालालाई आहारा र नगद सहयोग गरेकोमा बिद्यार्थी, प्रार्चाय, शिक्षक तथा नाष्ट माध्यमिक बिद्यालयलाई हार्दिक धन्यवाद ब्यक्त गरेका छन्।