काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन्। उनी आज बिहीबार निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन्। रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो।
रविलाई नेपाली सेनाले सलामी दिएको थियो। सलामीका क्रममा भुइँमा पिर्का राखिएन। लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए। मन्त्रीज्यूकै आग्रहअनुसार पिर्का नराखिएको उनले बताए।


नेपाल प्रेसबाट

