काठमाडौं। मधेस प्रदेश सभामा सर्लाही ३ क बाट निर्वाचित स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादीबाट बागी उम्मेदवारी दिएर विजयी कुसहवा पुनः पार्टीमै फकिएका हुन्।
बुधबार साँझ प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुशवाहालाई पार्टी प्रवेश गराएका हुन्। यससँगै मधेस प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ। माओवादीबाट बागी उम्मेदवारी दिई विजयी भएका प्रदेश सांसद दिपेन्द्र पुन, सरुल पुन मगर, खड्ग बस्नेत भने स्वतन्त्र सासदकै हैसियतमै छ्न्।