धनगढी। नेकपा माओवादी केन्द्र धनगढी उपमहानगरकमिटीले मंसिर ४ को आम निर्वाचनमा असहयोग गर्ने १० नेता तथा कार्यकर्तालाई पार्टी सदस्य नरहने गरि कार्वाही गरेको छ। धनगढी उपमहानगर कमिटी अध्यक्ष डबल खाती (सुरज)तथा सचिब रमेश प्रसाद भट्टराईद्धारा जारी गरिएको बिज्ञप्ती मार्फत कारवाहीका लागी सिफारिस गरिएको उल्लेख गरेका छन् ।
सो बिज्ञप्ती मार्फत भनिएको छ, प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन अन्तरगत कैलाली ५ को धनगढीमा उत्साहबर्दक ढंगले अगाडी बढीरहेको बेला पार्टिक जिम्मेबार नेता तथा कार्यकर्ताहरुको क्रियाकलाप विपक्ष तथा स्वतन्त्र उम्मेदवारलाई सहयोग पुग्ने गरि पार्टि निती विपरित गतिबिधी गरेको भन्दै स प्रमाण सहित बिभिन्न नेता तथा कार्यकर्ताहरुलाई पार्टि सदस्य नरहने गरी कार्वाही गरिएको छ।
जसमा सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा क्षेत्र नम्बर ५ संयोजक डि एल भण्डारी बायु, यस्तै बैकल्पिक सुदुरपश्चिम प्रदेश कमिटी सदस्य राजेन्द्र भट्टराई, केन्द्रीय सदस्य केन्द्रिय स्थानिय बिभाग टिकाराम सापकोटा रहेका छन्। यस्तै राजेस चौधरी, सिमा चौधरी, राजु तुलाङ्गी, आसिमा चौधरी, बल बहादुर साउँद, राजन गिरी, कालु पार्कि रहेका छन्। यस्तै बिज्ञप्ती मार्फत देशको मूख्यवाहक शक्ति नेकपा माओवादी केन्द्र भित्र क्षणिक अवसरका लागी पार्टिमा प्रवाह जमाउन खोज्ने अवसरबादी प्रवृत्ति प्रति सबै तहका नेता तथा कार्यकर्ता लाई सजक बन्न आग्रह गरिएको छ। बिज्ञप्ती हेर्नुहोस्