कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा डोजरको प्रयोगगरी अतिक्रमित संरचना हटाइन थालिएको छ। कैलालीको घोडाघोडी नगरपालिकाले बुधबारदेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरेको हो । नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन पटक पटक सूचना गरेपनि नहटाएपछि आफै हटाउन सुरु गरेको हो।घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि सडक क्षेत्रका संरचना भत्काउन सुरु गरिएको बताए ।
उनले ३५ दिने पहिलो सूचना त्यसपछि १५ दिने दोस्रो सूचना जारी गर्दासमेत हटाउन जारी गरेको बताए । तर नगरबासीले अटेर गरेपछि नगरपालिकाले एकदिन अगाडि आफै डोजर लगाउने जानकारी गराउँदै आजबाट डोजर प्रयोग गरी संरचना हटाउन थालिएको उनले बताए। सवारी दुर्घटना न्यूनीकरण कम गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउन सडकका अतिक्रमण हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ।नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको दुवै साइड २५ मिटरभित्रका संरचना हटाइने बताइएको छ। घोडाघोडी नगरपालिका क्षेत्र रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वडा नम्बर २ को सुक्तिकाँडादेखि वडा १० को आमखैयासम्मको सडक अतिक्रमण संरचना हटाइने जनाइएको छ।
कैलालीको घोडाघोडीमा डोजरको प्रयोगगरी अतिक्रमित संरचना हटाइदै
कैलालीको घोडाघोडीमा डोजरको प्रयोगगरी अतिक्रमित संरचना हटाइदै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

