कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालकाको वडा नं. ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनामा ३० वर्षीय दिपकबहादुर श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन् ।बिहान करिब ४ः ५० बजेतिर आफुहरुलाई खबर प्राप्त भएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका ईञ्चार्ज नरेशराज मल्लले बताए । उनको मृत्युको शोकमा आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। घटनाका बारेमा आफै लडेर मृत्यु भएको वा कुनै सवारीसाधनमा ठोकिएको कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।