दार्चुला। दार्चुलामा लागुऔषध चरेशसहित एकजना पक्राउ परेका छन्। दार्चुलाको दुँहु गाउँपालिका–४ घर भइ हाल महाकाली नगरपालिका–४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय बिरसिंह लोथ्याललाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार साँझ बिशेष सूचनाका आधारमा उनको पसल तलासी गर्दा लुकाई राखेको अवस्थामा ३ केजी ८ सय ग्राम चरेश सहित उनलाई पक्राउ गरिएको दार्चुला प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए । अदालतबाट म्याद थपेर उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।