कैलारी। कैलारी गाउँपालीकामा निर्माणाधिन १५ शैया अस्पतालको अनुगमन गरिएको छ । कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मा बन्दै गरेको १५ शैया अस्पतालको आज अनुगमन गरिएको जनाइएको छ ।
अस्पतालको निर्माण कार्यको अवस्था बुझन् गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बम लगायतको सहभागिता रहेको थियो।
अस्पताल अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सम्झौता अनुसार समयमै निर्माण कार्य सक्न निर्देशन दिएका थिए।यस्तै गाउँपालिकाका प्रवक्ता बमले अस्पतालको निर्माण अवस्था बुझनका लागी अनुगमन गरिएको जानकारी दिएका छन्। उनले निर्माण कार्य तिब्र गतिमा भैरहेको बताए।
कैलारी गाउँपालिकामा निर्माण बनिरहेको १५ शैयाको अस्पतालको लागी १८ करोड ५२ लाख ६३ हजार ८६९ रुयैयाँ निर्माण गर्नका लागी रोयल कन्स्ट्रक्सनसे सम्झौता भएको कैलारी गाउँपालिकाका इन्जिनियर भरत चन्दले बताएका छन्। निर्माण अवधि २ बर्ष रहको अस्पतालको काम तिव्र गतिमा अगाडी बढीरहेको उनले बताए। अस्पतालको निर्माण कार्य यही मंसिर १९ गतेबाट सुरु भएको कार्य २०८१ असार मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको जनाइएको छ।