काठमाडौं। नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेता शीतल निवास अगाडिबाट ३ जना पक्राउ परेका छन् । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका हुन् ।
शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए। पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ। लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ। प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट , विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।