काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन उपप्रधानमन्त्रीले शपथ लिने तयारी गरेका छन् । तीन उपप्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एमालेका विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने रहेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
उनी दौरा सुरुवाल लगाएर शपथ लिन पुगेका छन् ।यसअघि २०६५ सालमा पहिलो पटक र २०७३ सालमा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले सर्ट पाइन्ट, कोट, टोपी लगाएका थिए ।त्यसबाहेक करिब १० जनाले शपथको तयारी गरेको भए पनि अन्तिम निर्णय भने राष्ट्रपति कार्यालय पुगेपछि मात्रै जानकारी गराइने एक नेताले बताए ।
उनका अनुसार नेकपा एमालेले पौडेलसँगै ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीलाई पनि सरकारमा पठाउने तयारी गरेको छ ।तर आजै शपथ लिने कि नलिने भन्ने टुंगो नलागेको सो पार्टीका एक नेताको भनाई छ । राष्ट्रिय जनमत पार्टीका तर्फबाट अब्दुल खानलाई उद्योगमन्त्रीको रुपमा शपथ गराइँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले उप तथा गृह मन्त्रालयमा दाबी गरे पनि गठबन्धनले भौतिक मन्त्रालय लिन आग्रह गरेको स्रोतले जानकारी दियो ।