काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ। संघीय संसद्को पाँचौं ठूलो दल सरकारमा सहभागी नहुने भएको हो ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने जनाएका हुन्।
उनले हामी अहिले सरकारमा सहभागी नहुने बताए। बाहिरबाटै समर्थन गर्ने निर्णय गरेका छौं। राप्रपा सरकारमा सहभागी नहुने भएपछि अब गठबन्धनमा एमाले र माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सहभागी हुने भएका छन्।त्यस्तै स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह र प्रभु साहले पनि सरकारलाई समर्थन गरेका छन्।