साउदी। कञ्चनपुरका २ सहित ६ जना नेपाली साउदीमा सात महिनादेखि अलपत्र परेका छन्। रोजगारीका क्रममा साउदी अरेबिया पुगेका उनीहरु नेपाली साउदीको रियादमा अलपत्र अवस्थामा परेका हुन् । अलपत्र पर्नेहरूमाकंचनपुरका हेम राज चौधरी कालुराम चौधरी कंचनपुर, सर्लाहीका राम प्रमोद राई यादव,सुनसरीका गणेश बहादुर थापा,सोलुखुम्बुका दिल कुमार बिस्वकर्मा, सल्यानका सिउली रावत गरि ६ जना रहेका छन्।
उनीहरु काठमाडौंमा रहेको आसिन ओभरसिज प्राली मेनपावरबाट ४ जुन २०२२ मा साउदी पुगेका थिए । नेपालमा गरेको सम्झौताअनुसार १० घण्टा काम गरे बापत एक हजार तीन सय र खानाको ३ सय साउदी रियाल दिने भनेर उनीहरू साउदीको क्युमत फाल्कोन्स क्याटरिङ नामक कम्पनीमा किल्नरको रूपमा काम गर्न साउदी पुगेका थिए। पीडितले हामीलाई सुरुमा काम गर्न लगाईयो र ४ महिना सम्म काम गर्दा ४सय ५ रियल मात्र दिएको र बाकी तलबको कुरा गर्दा काम रोकेर कार्यरत ठाउँबाट स्तानतरण गरि अर्को ठाउँमा लगिएर राखिएको बताएका छन् ।
हामीले काम गरेको तलव त दिएन दिएन ३ महिना देखि बिना काम हामीलाई अलपत्र पारेको छ भने बिना बिजुली भएको पुरानो घरमा राखिनुको साथै पिउने पानीदेखि खाद्यान्नको समेत समस्यामा रहेको छ । पीडितहरुले नजिकै रहेको मसजितबाट मागेर पेट पालेको समेत गुनासो गरेका छन् । अहिले राखिएको घरमा सम्बन्धित कम्पनीबाट मुदिर भनिने मिश्रीले समय समयमा आएर मानसिक तनाव दिनुको साथै कुटपिट गरि पासपोर्ट समेत खोसिएको गुनासो गर्छन् । साथै कुटपिटबाट शरीरमा रगत जमेका दाग समेत देखाएका छन् भने तत्काल स्वदेश फिर्ताको लागि अनुरोध समेत गरेका छन् ।
साउदी अरेबिया आउने क्रममा मेनपावरले सिधा कम्पनी भिजा हो र नेपालमा गरेको सम्झौताअनुसार सबै सुविधाहरू प्राप्त हुनेछन् भनि प्रतिव्यक्ति एक लाख पचास हजारदेखि दुई लाखसम्म बुझाएको पीडितहरूले बताए। पीडित भन्छन कम्पनीले अलपत्र पारेको जानकारी मेनपावर संचालिका कार्यालय प्रमुख सरस्वती सुवेदीलाई गराउँदा आज भोलि गरेर २ महिना सम्म कतैबाट पनि सुनुवाई नभएको गुनासो गरेका छन् भने सुवेदीका अनुसार पीडितहरुलाइ उद्दार गर्न दूतावासको सहयोग चाहिएको जानकारी दिएकी छन । सम्बन्धित कम्पनीले सुरुमा काम र बस्न दिएको तर अन्य सेवा सुविधा समेत नदिएकाले अहिले बिचल्ली अवस्थामा रहेको बताएका छन् ।