कैलाली। कैलालीको टीकापुरका १८ वटा होटल तथा रेस्टुरेन्टहरुको खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरि लोगो प्रदान गरिएको छ। खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, धनगढ़ीले टीकापुरका होटल तथा रेस्टुरेन्टहरुको अनुगमन गरी खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरि सो लोगोहरु प्रदान गरिएको जनाएको छ। कार्यालय प्रमुख नवराज दाहालले बिहीबार र शुक्रबार होटल रेस्टुरेन्टहरुको अनुगमन गर्दा टीकापुरका १८ वटालाई लोगो प्रदान गरिएको जानकारी दिए।
उनका अनुसार टीकापुरको पर्यटन प्रबर्धन गरी आर्थिक बिकासमा टेवा पुर्याउन त्यहाँ पुग्ने पर्यटक तथा उपभोक्ताहरुको स्वास्थ्य सुरक्षा प्रदान गर्न र होटल ब्यबसायको समेत प्रबर्धन गर्ने उदेश्यले स्तरिकरणको मापदण्ड अनुसार लोगो टाँस गरिएको जानकारी दिए । यसबाट पर्यटक तथा उपभोक्ताहरुले होटल तथा रेस्टुरेन्टहरुमा खाद्य स्वच्छता मापदण्डबारे जानकारी पाईने उनले बताएका छन् । जस अनुसार उत्तमस्तरको एक वटा टिकापुर १ कैलालीको सिद्दार्थ होटलले २ तारा भएको हरियो स्टिकर प्राप्त गरेको छ । यो मापदण्ड अनुसार सबैभन्दा उत्तमस्तरको लोगो मानिन्छ। यस्तै दुई वटा सन्तोषजनक लोगो प्राप्त गर्नेमा शेरचन होटल टीकापुर १ र बनानाज एग्रो रिसोर्ट टीकापुर ५ ले एक तारा भएको हरियो स्टिकर प्राप्त गरेको छ । भने ९ वटा होटल तथा रेस्टुरेन्टहरुले सामान्यस्तर अर्थात् तारा नभएको पहेलो स्टिकर प्राप्त गरेका छन् । जस अनुसार अंगना रेस्ट्रो एण्ड बार टीकापुर १ कैलाली,होटल टीकापुर ग्रीन एशिया टीकापुर १ कैलाली,खनेना रेस्टुरेन्ट एण्ड बार टीकापुर १ कैलाली,गण्डकी होटल, खप्तड फेमिली फूड ल्याण्ड, सागर होटल एण्ड लज,म्याग्दी थकाली भान्सा घर,ग्यालेक्सी होटल टीकापुर १ कैलाली र भावना होटल, टीकापुर १ कैलाली रहेका छन्। यस्तै अनुगमन गरिएका ६ होटल स्तरिकरणमा पर्न नसकेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले जानकारी दिएको छ । स्तरिकरणको मापदण्ड अनुसार खाद्य स्वच्छताका सबै मापदण्ड पुर्याएका होटल १०० अंकमा ९० भन्दा बढी अंक प्राप्त गर्न सफल लाई अति उत्तम (३ तारा भएको हरियो स्टिकर) बर्गमा राखिएको छ । भने ८० देखि ८९ अंक प्राप्त गर्नेलाइ उत्तमस्तरको (२ तारा भएको हरियो स्टिकर)को वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्नेलाइ सन्तोषजनक (१ तारा भएको हरियो स्टिकर) बर्गमा र ५० देखि ६४ अंक प्राप्त गर्नेलाई सामान्यस्तरको ( तारा नभएको पहेलो स्टिकर) वर्गमा राखिएको हुन्छ, ५० भन्दा कम अंक प्राप्त गर्ने होटल रेस्टुरेन्ट स्तरीकरणमा नपर्ने उनले बताएका छन्।
साथै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले आम उपभोक्ताहरु र पर्यटकहरुलाई स्टिकर प्राप्त गरेका होटल रेस्टुरेन्टहरुको छनौट गर्नुहुन अनुरोध गरेका छन् । हरियो स्टिकर प्राप्त गरेकोलाई प्राथमिकता दिनुहुन र स्टिकर प्राप्त नगरेको होटलको हकमा खानेकुरा अर्डर गर्नु अघि किचनमा सरसफाईको अवस्था अवलोकन गर्नुहुन खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हार्दिक अपील गरेको जानकारी दिएका छन् । साथै होटल रेस्टुरेन्टहरुले क्रमिक रुपमा खाध स्वच्छताको अवस्था सुधार गर्दै आफ्नो स्तर अभिबृद्र्धिगरी ब्यबसाय प्रबर्धन गर्नुहुन आग्रह समेत ब्यक्त गरेका छन् ।होटल तथा रेस्टुरेन्टहरुमा खाध स्वच्छताको अनुगमन तथा खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरि लोगो प्रदान कार्यमा आवस्यक समन्वय र सहयोग गर्नुहुने टीकापुर होटल ब्यबसायी संघप्रति विशेष धन्यावाद तथा आभारी ब्यक्त गरेका छन्।