सुदूरपश्चिमाञ्चल महिला जागरण मन्च र सुदूरपश्चिमाञ्चल महिला बिकास बचत तथा श्रृण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । जागरण मञ्चको ९ औँ साधारणसभा र सहकारी संस्थाको १३ औँ साधारणसभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच दुइटै संस्थाको संयुक्त रुपमा साधारणसभाको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले गरेका हुन् ।
सुदूरपश्चिमाञ्चल महिला जागरण मन्च नेपालकी अध्यक्ष शान्ती सिहंको अध्यक्षतामा आयोजित साधारणसभाको सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सहकारीका माध्यमबाट सबै मिलेर सानो सानो बजेटबाटै दुर्गामी महत्वका काम गर्न सकिने बताएका छन् । सहकारीले सरकारबाट सेवा नपाएका नागरिकसम्म समेत सेवा दिएको दावी गर्दै उनले सहकारीकै माध्यमबाट समाजमा आर्थिक बिकास हुनुपर्नेमा जोड दिए । झन महिलाले चलाएको सहकारीले महिलाहरुको आर्थिक उपार्जनमा योगदान दिनुपर्ने बताउँदै जोशीले महिलाहरको क्षमता बिकास र आर्थिक अभिबृद्धीमापनि सहकारीले योगदान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादूर रैका, प्रदेशसभा सदस्य तुलसी देवकोटा, नवजिवन सहकारी संस्थाका अध्यक्ष देब बहादूर बम, साहित्यकार पदमराज जोशी, वडा नम्बर २ का अध्यक्ष धर्म ओझा लगायतको सहभागिता थियो ।
कार्यक्रममा सुदूरपश्चिमाञ्चल महिला जागरण मन्चको साधारणसभाको अध्यक्षता शान्ती सिहंले गरेकी थिइन भने, सुदूरपश्चिमाञ्चल महिला बिकास बचत तथा श्रृण सहकारी संस्थाको साधारणसभाको अध्यक्षता मञ्जु स्वाँरले गरेकी थिइन् । कार्यक्रममा बोल्दै सुदूरपश्चिमाञ्चल महिला जागरण मन्चकी अध्यक्ष शान्ती सिहंले जागरण मन्च गठन गरेर महिलाका आर्थिक अवस्था सुधार्दै सहकारीमा रुपान्तरण गरेको बताइन् । महिला बिकास सित मिलेर धेरै ठाउँमा समुह गठन गरेपनि यहाँ मात्रै सफता पाएको सिहंले बताइन् । मञ्चले छात्रबृती, ज्ेष्ठ नागरिकलाई कम्बल वितरण, राहत वितरण लगायतका सामासजक कार्य गरिरहेको उनले बताइन् । साथै मञ्चले हालसम्म बिभिन्न सामाजिक कार्य गर्दै आएका ५१ जनालाई सम्मान गरिसकेको सिहंले बताइन् ।
सुदूरपश्चिमाञ्चल महिला जागरण मन्च र सुदूरपश्चिमाञ्चल महिला बिकास बचत तथा श्रृण सहकारी संस्थाको साधारणसभाले दुइटै संस्थाको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।