कैलाली। रेशम चौधरीका बुवा स्वतन्त्रबाट नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन्। बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सांसद पदमा निर्वाचित भएका लालबीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। उक्त पार्टीका संरक्षक रेशम चौधरीका बुवा लालबीर हुन्।
टीकापुर हत्याकाण्डका मुख्य योजनाकारको आरोपमा काठमाडौंको डिल्लीबजार कारागारमा कैद जीवन बिताइरहेका रेशमले आफ्नो उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि आफ्ना बुवा लालबीरलाई स्वतन्त्र उम्मेदवारको रूपमा उठाएका थिए। निर्वाचित भएपछि शुक्रबार लालबीर औपचारिकरूपमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्।
उनलाई पार्टी अध्यक्ष तथा बुहारी रंजिता चौधरीले टीका लगाएर स्वागत गरिन्।सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका सुरेश पन्थलाई १३६ मतान्तरले पराजित गरी लालबीर सांसद निर्वाचित भएका थिए। चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएर विजयी भएका थिए। कैलालीको क्षेत्र नं १, २ र ३ मा विजयी भएको नागरिक उन्मुक्ति पार्टीको अब संसदमा चार सीट गणना हुने भएको छ।