कञ्चनपुर। कञ्चनपुरमा ज्यान मार्ने उद्योगका एक फरार अभियुक्त पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ दिपनगरका हरिश भट्टलाई प्रहरीको बिशेष टोलीले बिहीबार महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो। जिल्ला अदालत कञ्चनपुरको २०७७ साउन १३ गतेको आदेश अनुसार मुतलबिमा रहेका भट्ट ज्यान मार्ने उद्दोग मुद्धाका फरार रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहका अनुसार सो मुद्धाका फरार रहेका उनलाई प्रहरीको बिशेष टोलीले बिहीबार साढे ४ बजे भिमदत्त नगरपालिका वडा नं ४ स्थानिय बजारमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका भट्टलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो। प्रहरीका अनुसार अदालतले उनलाई ५० हजार धरौटीमा तारेख छुटेका थिए।