धनगढी। धनगढी उपमहानगरपालिकास्थीत एक सहकारीबाट नगद चोरी भएको छ। मंगलबार राती कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीस्थित सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा चोरी भएको सञ्चालकले बताएका छन्। सहकारीका शाखा सञ्चालक कुम्भ गिरीका अनुसार सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समुहले नगद चोरी भएको हो।
उनले लकरमा राखिएको एक लाख ९७ हजार ६ सय ४८ रकम चोरी भएको बताए। उनले सटर फोडेर एक व्यक्ति भित्र छिरेको र एक जना बाहिर मोटरसाईकलमा रोकिएको सिसिटिभी फुटेजमा देखिएको उनले बताए। उनले सटर फोडेपछि विद्युत बन्द गरिएको जानकारी दिए। चोरी गर्ने व्यक्ति मास्क लगाएर भित्र छिरेको हुँदा पहिचान नभएको बताए। इलाका प्रहरी कार्यालय बहुलियाका इन्चार्ज रमेश शाहीले चोरी गर्ने व्यक्तिको खोजतलासीका लागि प्रहरीमा जाहेरी आएको र चोरको खोजी कार्य भईरहेको बताए। उनले पहिचान गर्ने काम तिव्र बनाइएको बताए।