कञ्चनपुर। कञ्चनपुरमा १० वर्षीया नाबालिका छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन। कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेको कञ्चनपुर प्रहरीले बताएको छ। मंगलबार राति आफ्नै नाबालिका छोरीमाथि बलात्कार भएको आरोप रहेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए। हिजो राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले जानकारी दिए। बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।