धनगढी। सुदूरपश्चिम महोत्सवको आज शनिबार दशौं दिन हो। शनिबार पनि राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति रहने छ। महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी,राधिका हमाल, टेक बोगटी, लाल बहादुर धामी (अछामी बड्डो), सितल शर्माको सांगितिक प्रस्तुति रहने कैलाली उद्योग वाणिज्य संघका कलाकार संयोजक मिलन कुँवरले बताए।महोत्सवको अवधि थप गरिएको छ।
सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढेको र माग अनुसार महोत्सवको अवधि ३ दिन थप भएको आयोजकले जनाएको छ। पत्रकार सम्मेलन गर्दे कैलाली उद्योग वाणिज्य सघंले महोत्सव मङ्सिर २२ गते देखी पुष ५ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो।