कञ्चनपुर। कञ्चनपुरको बेदकोटस्थीत स्वास्थ्य चौकीमा कार्यरत महिला परिचर ३ दिनदेखि बेपत्ता भएकी छिन् । बेदकोट नगरपालिका–९ सुन्दरपुर स्वास्थ्य चौकीमा कार्यरत २० वर्षीया जानकी विष्ट तीन दिनदेखि बेपत्ता भएकी हुन्। विष्ट बुधबार दिउँसोबाट बेपत्ता भएकी छिन्। दुई दिनसम्म माइती पक्ष र इष्टमित्रको घरमा खोजि गर्दा पनि नभेटिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
परिवारका सदस्यहरुले आज शुक्रबार खोजिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । बेदकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जनक विष्टले उनी हराउनु भन्दा केही दिन अघि विष्ट दम्पत्तिलाई सँगै राखेर छलफल भएको बताए । उनले दुबै जनाबीच भएको समस्याका बारेमा पत्तो नलागेको बताए । अहिले हराएको भन्ने खबर आएको बताए । विष्टका श्रीमान सुन्दरपुरस्थित अनमोल क्रसरमा गाडी चालक रहेको जानकारी दिए ।