धनगढी। वायु प्रदूषणको समस्या वर्षेनी बढ्दो छ। यो समस्या जाडोमा झनै बढ्छ। वायु प्रदूषणबाट विशेषगरी सुदूरपश्चिमको कञ्चनपुर जिल्ला प्रभावित भईरहेको छ । वायु प्रदूषणका कारण त्यहाँ स्थानिय हैरान छन् । नेपालमा मात्र नभई विश्वमा नै बढीरहेको विज्ञहरु बताउँछन्। कञ्चनपुरमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको छ ।
२ हप्ता देखि वायु प्रदुषण मापन हुन एक्युआई घटबढ भईरहेको छ । तर, प्रदुषण भने नियन्त्रण हुन सकेको छैन ।बिहीबार ११६।६० वायु गुणस्तर सूचांक Air Quality Index (AQI) रहेको छ । सबै भन्दा बढी बुधबार वायु गुणस्तर सूचांक १२६.६७ रहेको थियो । यस्तै मंगलबार ९३.०६ रहेको थियो ।