धनगढी। सुदूरपश्चिम महोत्सवको आज नवौं दिन रहेको छ। महोत्सवमा शुक्रबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ। शुक्रबार पुस १ गते आज चक्र बम र खुमन अधिकारी आउने कैलाली उद्योग वाणिज्य संघका कलाकार संयोजक मिलन कुँवरले बताए।
शुक्रबार राष्ट्रिय कलाकारका साथै स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहने संयोजक कुँवरले जानकारी दिए। पुस २ गते बद्री पंगेनी र राधिका हमाल आउने भएका छन् । महोत्सवको अवधि तीन दिन थपिएको आयोजकले जनाएको छ ।


