धनगढी। कञ्चनपुरमा लागुऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ प्रेमनगरबाट अवैध लागूऔषध खैरो हिरोईनसहित २ जनालाई दुई ग्राम ६२ मिलिग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कैलालीको गोदावरी नगरपालिका–९ सेरीटोल बस्ने ३० वर्षीय अबिनाश साउँद र २७ वर्षीय रुपेश राना रहेका छन्। से ४ प ९५०३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित पक्राउ गरेको हो।